कृषि र पशु विज्ञान अध्ययन संस्थान गौरादह कृषि क्याम्पस झापाको लागि करार सेवामा आवश्यक शिक्षण सहायक र विभिन्न पदमा कर्मचारी नियुक्तीको लागि मिति २०८०/०६/१० गते प्रकाशित विज्ञापनमा समयसिमा भित्र रित पूर्वक परेका आवेदनहरु उपर छानविन गर्दा तपसिलमा उल्लेख भएबमोजिम योग्य आवेदकहरुको अन्तिम नामावली मिति २०८०/०७/१५ गतेको पदपूर्ति समितिको बैठकको निर्णय अनुसार सबैको जानकारीको लागि यो सूचना मार्फत प्रकाशित गरिएको छ । साथै परीक्षा संचालन मिति, समय र स्थान तपशिलमा उल्लेख गरे बमोजिम हुने छ ।
तपशिल
परीक्षा संचालन ः मिति २०८०/०८/२९ गते, समय बिहान ११ः०० बजे देखि ।
स्थान ः त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस, कीर्तिपुर, काठमाण्डौं ।
प्रवेश पत्र वितरण समय र स्थान ः मिति २०८०/०८/२७ गते देखि २९ गते बिहान १०ः०० बजे सम्म कृषि र पशु विज्ञान अध्ययन संस्थान, डीनको कार्यालय, कीर्तिपुरबाट वितरण गरिने छ ।