उपरोक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, गौरादह कृषि क्याम्पसको लागि आवश्यक विभिन्न विषयका शिक्षण सहायक पदहरुको करार सेवाका लागि लिइएको लिखित परीक्षामा उत्रिर्ण हुने उमेद्वारहरुको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उम्मेद्वारहरुले अन्तर्वाता दिनको लागि तपशिल बमोजिमको स्थानमा आवश्यक कागजातहरु सहित अन्तर्वाता संचालन हुनु भन्दा तिस मिनेट अगावै उपस्थित हुन जानकारी गराइन्छ । अन्य व्यहोरा यस क्याम्पसको पदपूर्ति समितिबाट मिति २०८०।०९।१३ गते जारी भएको सूचना बमोजिम नै हुने छ ।
तपशिल
स्थान ः त्रि.वि., कृ.प.वि.अ.स., डीनको कार्यालय, कीर्तिपुर ।
आवश्यक कागजातहरु तथा अन्य जानकारी ः उम्मेद्वारहरुले सम्पूर्ण सक्कल प्रमाणपत्र, व्यक्तिगत विवरण र अनुसन्धानात्मक कृतिहरु अन्तर्वाता दिन आउदा लिई आउनु पर्नेछ । साथै अन्तरर्वातामा उम्मेद्वारहरुले आफ्नो परिचयका साथै आवेदित पद र विषय संग सम्बन्धित रहेर बढीमा पाँच मिनेटको प्रस्तुती दिनुपर्ने छ ।
पदपूर्ति समिति