कृषि स्नातक (B.Sc. AG.) तहको स्थानीय कोटा अन्र्तगत विद्यार्थी भर्ना आवेदन सम्बन्धि सूचना

कृषि स्नातक (B.Sc. AG.) तहको स्थानीय कोटा अन्र्तगत विद्यार्थी भर्ना आवेदन सम्बन्धि सूचना

2024-01-18
GAC Admin

मितिः– २०८०।१०।०४

कृषि स्नातक (B.Sc.Ag.) तहको स्थानीय कोटा अन्र्तगत विद्यार्थी भर्ना आवेदन सम्बन्धि सूचना ।

यस क्याम्पसको भर्ना समितिको मिति २०८०।१०।०४ गतेको निर्णय अनुसार शैक्षिक बर्ष २०८०/८१ मा गौरादह कृषि क्याम्पसमा संचालित कृषि स्नातक (B.Sc. Ag.) तहको विद्यार्थी भर्ना गर्ने सम्बन्धमा स्थानीय कोटा अन्तर्गत कोशी प्रदेश (२) र झापा जिल्ला गौरादह नगर पालिका (१) गरी जम्मा ३ जना विद्यार्थी भर्नाका लागि आवेदन आव्हान गरिन्छ ।
भर्ना हुन चाहने विद्यार्थीले कृ.प.वि.अ.सं. डीनको कार्यालय किर्तिपुरले मिति २०८०।०९।०७ गते लिएको प्रवेश परीक्षामा उत्तिर्ण भइ अन्य कुनै पनि कार्यक्रममा भर्ना नभएका विद्यार्थीहरुले २०८०।१०।११ गते भित्रमा यस क्याम्पसको लेखा शाखाबाट रु २५० (अक्षरेपी दुई सय पचास) को विल काटी तपशिल अनुसारका कागजपत्र साथ आवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल ः
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
२. सम्बन्धित वडा÷पालिकाबाट स्थायी बसोवास रहेको सिफारिस पत्र ।
३. SEE/SLC प्रदेशकोटाका लागि प्रदेशभित्रबाट र स्थानीय कोटाका लागि झापा जिल्ला भरिबाट उत्तिर्ण  
  भएको

नोट ः
आवेदकहरु मध्ये प्रवेश परीक्षाको Merit List को आधारमा भर्ना लिइने छ । स्थानीय कोटा मध्ये प्रदेश कोटाबाट भर्ना भए पश्चात मात्र गौरादह नगर पालिकाको कोटामा भर्ना लिइने ब्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ । आवेदक विद्यार्थीहरु मध्येबाट मेरिटको आधारमा भर्नाका लागि मिति २०८०।१०।१२ गते नामावली प्रकाशित गरिनेछ ।


                                                                     टीकाराम बास्तोला
सदस्य सचिव
स्थानीय कोटा भर्ना समिति

 

 



Files

S.N Name Type Download
1 कृषि स्नातक तहको स्थानीय कोटा अन्र्तगत विद्यार्थी भर्ना आवेदन सम्बन्धि सूचना JPG